punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेबाट नेकपा एस हुँदै माओवादीमा पुगेकी दुर्गा एमालेमै फर्किइन्

Chaupati
safha napa

२०७८ साउनमा विभाजित हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी सुदूरपश्चिम प्रदेशकी पूर्वसदस्य दुर्गा विक एमालेमै फर्किएकी छन्।

विक ०७४ मा तत्कालीन नेकपाबाट समानुपातिक सांसद भएकी थिइन। समाजवादी हुँदै माओवादीमा गएर फेरि एमालेमा फर्किएकी उनलाई महासचिव शंकर पोखरेलसहितले स्वागत गरेका छन्।

उनीसँगै पति रामबहादुर विक पनि एमालेमै फर्किएका छन्। दुवैजना अहिले माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य थिए।

एमाले महासचिव पोखरेलले उनीहरुलाई बिहीबार पार्टीमा स्वागत गरेको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले जानकारी दिए।

रामबहादुर गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट पञ्चदेवल विनायक नगरपालिकाको मेयरका प्रत्यासी थिए।

तत्कालीन अवस्थामा एमाले नेता भीम रावलनिकट मानिने विकले एमाले विभाजनमा रावलको साथ छोडेर नेपाल नेतृत्वको समाजवादीतिर लागेकी थिइन्।

तत्कालीन एमालेका प्रमुख सचेत रहेका तारा लामा तामाङलाई जिम्मेवारी नदिएर समाजवादीले विकलाई नै प्रमुख सचेतक बनाएको थियो।

समाजवादीमा रहेर एमाले र माओवादीलाई सहयोग गर्ने गरेको आरोपमा पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो।

गत भदौ अन्तिम साता स्पष्टीकरण नबुझाउँदै विक माओवादी प्रवेश गरेकी थिइन।

उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए।

उनै विकले तीन महिनामा पार्टी फेरेकी हुन्। उनी फेरि पुरानै पार्टी प्रवेश गरेकी छन्।


७ पुस २०७९, बिहीवार १३:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु