विप्लव नेतृत्वको नेकपाद्वारा घोडाघोडीमा राँके जुलुस प्रदर्शन
कैलाली । सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेत्र विक्रम चन्द विप्लवले नेतृत्वको नेकपाले घोडाघोडीमा राँके जुलुस प्रदर्शन गरेको छ ।
आज केन्द्रीय कार्यक्रम अनुसार नै घोडाघोडी नगर कमिटीले राँके जुलुस प्रदर्शन गरेको हो । उनीहरुले अध्यादेश प्रमाणीकरण हुनु पर्ने, बन्दीहरू रिहा गरिनु पर्ने सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिनु पर्ने मागहरू अघि सारेका छन् ।
राँके जुलुस प्रदर्शन गर्दै विप्लवले नेतृत्वको नेकपाले नाराबाजी समेत गरेका थिए । उनीहरुले राजबन्दी रिहा गर, अध्यादेश प्रमाणीकरण गर, तीन बुँदे सहमति कार्यान्वयन गर, झुटा मुद्धा खारेज गर लगायतका नाराहरू लगाए ।
सरकारले माग सम्बोधन नगरे भोली बिहान १० बजे पछि १ घण्टा चक्काजाम गरिने केन्द्रीय प्रतिनिधि समितिका सदस्य किरण सिले जानकारी दिए ।
४ पुस २०७९, सोमवार १९:२९ बजे प्रकाशित






























