punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गयो

Chaupati
safha napa

कञ्चनपुरको बेदकोटमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग बेदकोट नगरपालिकाको सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बेदकोट नगरपालिका-६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बस महेन्द्रनगरबाट दार्चुला गइरहेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन ।

घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयले अहिले पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन् । आन्दोलनरत आफन्तहरुले राजमार्गमा टायर बालेर सडक जाम गरेका छ्न । राजमार्ग अवरुद्ध हुँदा सदरमुकाम महेन्द्रनगर बाट छुट्ने साना तथा सवारीसाधनहरु अवरुद्ध बनेका छ्न ।


१ पुस २०७९, शुक्रवार १०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु