सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ
सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने २८ वर्षीय विन्दे दास छन् । उनको साथबाट एक थान कटुवा पेस्तोल र एक राउन्ड गोली बरामद भएको छ ।
सोही गाउँपालिका–३ राजपुरस्थित आफन्तको विवाहमा आएका मिर्चैया नगरपालिका–१ बस्ने सौखिया कापरको स५प ४३९३ नम्बरको मोटरसाइकल चोरी भएको भएको थियो ।
सोही घटनाको अनुसन्धानमा क्रममा सरोज यादव र विन्देले मोटरसाइकल चोरेको खुलेपछि विन्देलाई घरमै बसेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा विन्देले कम्मरमा भिरी राखेको पेस्तोलमा एक राउन्ड गोली लोड भएको अवस्थामा पक्राउ गरिएको हो । हाल फरार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२९ मंसिर २०७९, बिहीवार १३:५३ बजे प्रकाशित






























