punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

Chaupati
safha napa

तनहुँमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । ४० वर्षीय श्रीमान मनबहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।


२९ मंसिर २०७९, बिहीवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु