punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झारफुकको बाहानामा बलात्कार गर्ने धामी पक्राउ

Chaupati
safha napa

कपिलवस्तु । झारफूक गर्ने भन्दै महिला बलत्कार गर्ने एक धामी पक्राउ परेका छन्। मंसिर २० गते २७ वर्षिय एक युवतीलाई झारफुक गर्ने निहुँमा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षिय पप्पु हरिजनले जवरजस्ती करणी गरी फरार रहेका थिए । पिडित युवतीको जाहेरी पछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको छ ।

विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पिडित युवतीले बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।


२८ मंसिर २०७९, बुधवार १८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु