सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले खोल्यो ५४ जनाका लागि अवसर
कैलाली । लोक सेवा आयोग सुदूरपश्चिम ५४ जना कर्मचारीको माग गरेको छ । आयोगले स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त रहेका पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुला गरेको हो ।
आयोगले आज बुधवार एक सुचना जारि गरेर न्युनतम योग्यता पुगेकाहरुबाट दरखास्त आह्वान गरेको छ । आयोगले अनलाइन मार्फत आयोगको आधिकारीक वेबसाइटमा गएर दरखास्त दिने व्यवस्था गरेको जनाएको छ ।
सुचना हेर्न तलको लिंक खोल्नु होस्
सहायक पाँचौं स्थानीय बिज्ञापन_ Final
२८ मंसिर २०७९, बुधवार १६:५३ बजे प्रकाशित






























