punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी

Chaupati
safha napa

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। संयुक्त विद्यार्थी संगठनहरुले क्याम्पसमा ताला लगाएका हुन्। नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लागायतका संगठनहरुले विद्यार्थी शूल्क वृद्धि फिर्ता लिन माग गर्दै ताला लगाएका हुन्।

उनीहरुले क्याम्पस प्रशासनविरुद्ध नाराबाजीसहित प्रशासन, क्याम्पस प्रमुखको कार्य कक्षमा ताला लगाएका थिए। यस्तै ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले क्याम्पसले ३ वर्षपछि बढेको शूल्कको विषयमा आपत्ती जनाउनु नियमसंगत नभएको दाबी गरेका छन्।

कलेजभित्र राजनीति गर्नु, ताला लगाउनु र होहल्ला गर्नु उचित नभएको भट्टले बताए। उनले भने, ‘शूल्क फिर्ता लिन सकिने अवस्था छैन सञ्चालक समिति राजनीतिक दल विद्यार्थी संगठन तथा सबैको सुझाव तथा सल्लाहमै शूल्क बढाउने निर्णय गरिएको हो।

उनले अगाडि भने, ‘क्याम्पस कहिलेपनि आफ्नो कर्तव्यबाट चुकेको छैन शूल्क ३ वर्षपछि ३ सय मात्रै बढाइएको छ। त्रिविको केही दिनमा परिक्षा भइरहेको छ, यस्तै अवस्था भए सञ्चालन गर्न अफ्ठ्यारो हुन्छ।


२७ मंसिर २०७९, मंगलवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु