punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजदेखि निर्वाचन आचारसंहिता हट्यो

Chaupati
safha napa

काठमाडौं । गत असोज १२ गतेदेखि मुलुकभर लागू भएको निर्वाचन सोमबारदेखि निष्क्रिय भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले आजदेखि आचारसंहिता लागू नरहने निर्णय गरेको हो ।

उक्त निर्णयबारे निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायलाई जानकारी पनि गराइसकेको छ ।

सरकारको गत साउन १९ गतेको निर्णय प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम मंसिर ४ गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको थियो ।


२६ मंसिर २०७९, सोमवार ०७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु