विश्वकप : बाहिरियाे ब्राजिल, क्रोएसिया सेमिफाइनलमा

साविक उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल लगातार दोस्रो पटक विश्वपको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

 

एजुकेसन सिटी रंगशालामा सम्पन्न कतार विश्वकप २०२२ अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टि सुटआउटमा ४–२ गोलको नतिजमा ब्राजिलाई हराउँदै क्राएसिया सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेइमारको गोलमा लिएको अग्रतालाई ब्राजिलले बचाइराख्न सकेन ।

 

क्राएसियाका ब्रुनो पेटकोभिचले खेलको ११७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।


२३ मंसिर २०७९, शुक्रवार २३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु