punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार

Chaupati
safha napa

नामिबीयामा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग लज्जास्पद हार व्यहोरेको छ।

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले मात्र २ विकेट गुमाएर १६।५ ओभरमा पूरा गर्‍यो।

स्कटल्याण्डको सानदार जितका लागि जर्ज मुन्सीले ४५ रन बनाए। २८ बल खेलेका उनले २ छक्का र ७ चौका प्रहार गरे।

यस्तै क्रिष्टोफेर म्याकब्रिडले सर्वाधिक ४६ रन बनाए। उनले ४० बलमा ७ चौका प्रहार गरे।

त्यसअघि ओपनर कोइटजरले १६ रन बनाए।

नेपालका लागि गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले १(१ विकेट लिए।

त्यसअघि युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३५।३ ओभरमा अलआउट हुँदै ११९ रनमा समेटियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन  बनाए। ५७ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा सोमपाल कामीले १६ र ललित राजबंशीले ११ रन बनाए। नेपालका बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका ब्रेन्डन म्याकुम्यालन, मार्क वाट्ट र श्यान शरिफले समान २(२ विकेट लिए।

यो सँगै नामिविया भ्रमणमा नेपाल जित विहिन घर फर्किएको छ। यस भ्रमणमा नेपालले चार खेलमा ३ मा हार र एकमा बराबरीको नतिजा निकालेको छ ।

नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक जोडेको नेपालले त्यसपछि लगातार दुई खेलमा हार व्यहोरेको थियो।
दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएको थियो।

नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्ने सम्भावना लगभग सकिएको छ।  बिहीबार स्कटल्याण्डसँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ। शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि कठिन बनेको छ।

स्कटल्यान्ड ३१ खेलमा २१ जित र ७ मा हारसहित ४६ अंक जोडेर शीर्षस्थानमा छ। स्कटल्यान्डको शीर्ष तीन पक्का बनेको छ। नेपाल २३ खेलमा ८ जित र १४ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ।

नेपालले गत जुलाईमा घरेलु मैदानमा स्कटल्यान्डलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो। १ सय ४५ रनको लक्ष्य नेपालले २५।१ ओभरमा पूरा गरेको थियो। त्यो नै स्कटल्यान्डमाथि नेपालको क्रिकेट इतिहासकै पहिलो जित थियो।


२२ मंसिर २०७९, बिहीवार १८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु