बैतडीमा मृतक ४ प्रहरीको पहिचान खुल्यो
बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ। प्रहरी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुने सबै प्रहरी हुन्।
दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्। हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवानहरु नरेश कठरिया, आशा धामी, भानु विष्ट, टिकेन्द्र ऐरी, चन्द्र सिंह ठगुन्ना र चालक देवराम महर घाइते भएका हुन्।
घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारको लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा जिप दुर्घटनामा परेको थियोे। जिपमा १२ प्रहरी र १ चालक गरि १३ जना सवार रहेका थिए।
५ मंसिर २०७९, सोमवार १२:१८ बजे प्रकाशित






























