सबै मतपरिणाम आठ दिनभित्र, प्रत्यक्ष र समानुपातिकको मतगणना सँगसँगै
र्वाचन आयोगले आजको मितिले आठ दिनभित्र सम्पूर्ण मतपरिणाम सार्वजनिक गरिसक्ने जनाएको छ।
आइतबार साँझ निर्वाचनबारे आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आठ दिनभित्र प्रतिनिधि सभा र प्रदेश सभाको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरिसक्ने बताएका हुन्।
उनले प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सँगसँगै गरिने पनि जानकारी दिए।
आयोगका अनुसार काठमाडौँलगायत केही जिल्लाको मतगणना आजै रातिबाट सुरु हुनेछ।
४ मंसिर २०७९, आइतवार २०:३५ बजे प्रकाशित































