गठबन्धनले काठमाडौंमा आज अन्तिम चुनावी सभा गर्दै
गठबन्धनले काठमाडौंमा आज अन्तिम चुनावी सभा गर्दै
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्न लागेको हो ।
गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छ ा
१ मंसिर २०७९, बिहीवार १४:३५ बजे प्रकाशित































