नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड
आइतबार राति नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा ढुंगामुढा गर्दै तोडफोड गरिएको छ । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो ।
ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीकी केन्द्रीय अध्यक्ष चौधरीको बसाइँ पनि पार्टी कार्यालयमै थियो ।
२८ कात्तिक २०७९, सोमवार ०९:३७ बजे प्रकाशित































