punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इजिप्टमा मिनीबस दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु

Chaupati
safha napa

उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको मन्त्रालयले जनाएको छ । घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र झ्यालहरू पनि फुटेका र कुच्चिएका छन् ।

इजिप्टका सञ्चार माध्यमले स्टेरिङ ह्वीलमा खराबी आएका कारण दुर्घटना भएको उल्लेख गरेका छन् ।

सन् २०२१ मा अरब विश्वको सबैभन्दा बढी घना जनसङ्ख्या भएको यो देशको सडकमा करिब सात हजार मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

गत जुलाईमा मध्य इजिप्टमा एउटा बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा २५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए ।


२७ कात्तिक २०७९, आइतवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु