punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णालीका तीन आमसभालाई ओलीले आज सम्बोधन गर्ने

Chaupati
safha napa

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज  कर्णाली प्रदेशका तीनवटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैछन्।  हिजो सुदूरपश्चिम प्रदेशको डोटी र धनगढीका आमसभालाई सम्बोधन गरेका ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कालिकोटको मान्मा, दैलेखको क्षेत्र नं २ अन्तरगत विन्द्रासैनी चौर र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। देश दौडाहामा निस्किएका ओली हिजो राति नेपालगन्जमा बसेका थिए।


२७ कात्तिक २०७९, आइतवार ०८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु