punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूकम्पका कारण बझाङमा दर्जनौं घरमा क्षति

Chaupati
safha napa

गएराति गएको भूकम्पले बझाङमा दर्जनौं घरमा क्षति पुर्याएको छ । गएराति ८ बजेर १२ मिनेटमा बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रविन्दु बनाएर ५ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा भौतिक संरचनामा क्षति पुर्याएको हो ।

भूकम्पपछि अधिकांश मानिसहरू सुरक्षित स्थानका लागि घरबाहिर निस्किएका थिए । रातभर नै भूकम्प आउनसक्ने डरले घरबाहिर नै पालमुनि बसेर रात काटेको खप्तड छान्ना गाउँपालिका–६ का स्थानीय नरेश खड्काले बताए ।

शनिबार राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेको वडा प्रहरी कार्यालयको भवन भत्किएको छ । पुरानो भवन रहेका कारण उक्त भवनमा बस्न नमिल्ले गरी क्षति पुगेको छ । खप्तडछान्ना गाउँपालिका–४ का ईश्वरप्रसाद जोशीको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै, जयपृथ्वी नगरपालिका, थलारा, दुर्गाथली, मष्टा गाउँपालिकालगायतका स्थानीय तहमा रहेका पुराना घरमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् ।

गत बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । साथै, केही मानिस घाइते भएका थिए । उक्त भूकम्पबाट बझाङमा १ सय ५० बढी घर चर्किएका थिए ।


२७ कात्तिक २०७९, आइतवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु