punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूकम्प पीडितलाई राहत दिने एनआरएनए अध्यक्ष थापाको प्रतिबद्धता

Chaupati
safha napa

गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष रबिना थापाले भूकम्प पीडित परिवारलाई राहत दिने बताएकी छन् । बुधबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भूकम्प पीडित परिवारलाई राहत दिने प्रतिबद्धता जनाएकी हुन् ।

‘भूकम्पले क्षति गरेको थाहा पाएपछि सुदूरपश्चिम पुगेका छौं,’ उनले भनिन्, ‘पीडित परिवारलाई राहतका लागि सहयोग गर्ने तयारी गरेका छौं ।’ बुधधार विहान २ः१३ बजे आएको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी अध्यक्ष थापाले समस्यामा परेका नेपालीको सहयोगका साथै देशको विकास र समृद्धिका लागि एनआरएनए सँधै तत्पर रहेको बताइन् । कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले एनएआरएनले सुदूरपश्चिमसहित देशको विकासमा पर्याएको योगदानको प्रसंशा गरे ।

कोरोना काललगायतमा एनआरएनएले सुदूरपश्चिमबासीका लागि महत्वपूर्ण सहयोग गरेको बताए । साथै उनले सुदूरपश्चिमको विकासका लागि यहाँको पर्यटन, उद्योगलगायतमा लगानी गर्नसमेत आग्रह गरे ।

कैलाली उद्योग वाणिज्य संंघका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको स्वागत तथा भेटघाट कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले स्वागत मन्तव्य राखेका थिए ।


२३ कात्तिक २०७९, बुधवार २०:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु