punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भोट हाल्न मतदाता परिचय पत्र नै नचाहिने

Chaupati
safha napa

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता परिचय पत्रबिना पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन जारी गर्दै आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिन भनेको हो ।

उल्लेखित कागजातलाई अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको÷नासिएको अवस्थामा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।


२३ कात्तिक २०७९, बुधवार २१:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु