भूकम्पमा ज्यान गुमाएका परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग

डोटीमा भूकम्पले घर भत्किदा पुरिएर मृत्यु भएका सबैका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारसँग माग गरेको छ ।

एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले आज एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारलाई आग्रह गरेका हुन् । उनले घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन समेत माग गरेका छन् ।

आज बिहान २स्१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएको आएको ६।६ म्याग्नेच्युटको भूकम्पले डोटीमा ठूलो क्षति पुराएको छ ।

भूकम्पले घर भत्किदा पूर्व चौकी गाउँपालिका गैरामा ६ जनाले ज्यान गुमाए अहिले पनि घाइतेहरू अस्पतालमा छन् । एमालेले आफ्ना कार्यकर्ताहरूलाई राहत तथा पुनर्स्थापना काममा आवश्यक सहयोग पुगाउन आह्वान गरेको छ ।


२३ कात्तिक २०७९, बुधवार १७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु