भूकम्प पीडितलाई राहत, उद्धार र उपचारको प्रबन्ध गर्न देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट पीडितलाई राहत, उद्धार र घाइतेको उपचारको प्रबन्ध गर्न निर्देशन दिएका छन् । देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धारमा खटिन र घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न निर्देशन दिएको फेसबुकमार्फत जानकारी दिएका छन्।
बुधबार बिहान २ :१२ बजे गएको भूकम्पमा परी ६ जनाको मृत्यु, ७ जना जना घाइते भएका छन्। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले कच्ची घरहरु भत्किएका छन् ।
प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धान्जली अर्पण गर्दै समवेदनासमेत प्रकट गरेका छन्। ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। ’प्रधानमन्त्री देउवाले बुधबार बिहान फेसबुकमार्फत लेखेका छन्,‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाईतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’
मंगलबार राति ९: ७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर पनि ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
२३ कात्तिक २०७९, बुधवार १०:३६ बजे प्रकाशित






























