punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको पहिलो जित

Chaupati
safha napa

पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे ।यस्तै शेर मल्लले अविजित ३४ रन जोड्दा राजु रिजालले अविजित २४ रन बनाए ।

टेक रावलले १८ रन बनाए ।कर्णालीका रविन्द्र शाहीले ३ तथा दिवन पुनले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो ।

कर्णालीका लागि अर्जुन घर्तिले ७० रनको अर्धशतकीय इनिङ खेले । सुवास एयरले २४ रन बनाए । हिमान्सु शाही १२ रनमा आउट भए ।


२१ कात्तिक २०७९, सोमवार १९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु