punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कालीकोट विस्फोट अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

Chaupati
safha napa

कालीकोटमा आज बिहान भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । विस्फोटमा परी गम्भीर घाइते तिलागुफा नगरपालिका–१० की सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या दुई पुगेको हो ।

सोही ठाउँकी चार वर्षीया झरना थापाको पनि विस्फोटमा परी ज्यान गुमेको छ । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

घटनामा अन्य तीन जना बालकालिका घाइते भएका छन् । घाइते भएका सोही ठाउँका सात वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थाप र तीन वर्षकी सपना थापाको गम्भीर हालतमा उपचार भइरहेको छ ।

उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेतको प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको प्रजिअ शर्माले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

 


१२ कात्तिक २०७९, शनिवार १४:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु