पिकनिक खान गएका धनगढीका एक किशोरको नदीमा डुबेर मृत्यु
पिकनिक खान गएका धनगढीका एक किशोरको नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–११ कोलमुडामा नदीमा डुबेर धनगढी उपमहानगरपालिका २– सन्तोषी टोल बस्ने १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको मछली नदीमा पौडी खेल्ने क्रममा लामाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पौडी खेल्दा वेपत्ता भएका उनको खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए । लामासहित १२ जनाको टोली पिकनिक खान गएका थिए ।
११ कात्तिक २०७९, शुक्रवार १८:२८ बजे प्रकाशित





























