punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान चुनाव लड्न नपाउने

Chaupati
safha napa

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान आगामी ५ वर्ष सम्म चुनाव लड्न नपाउने भएका छन् । आफू सत्तामा रहेको बेला प्राप्त गरेका उपहारबारे गलत जानकारी दिएको भन्दै खानलाई त्यहाँको निर्वाचन आयोगले चुनाव लड्न अयोग्य घोषणा गरेको हो ।

वर्तमान प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीगका नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै उनी उजुरी दिएका थिए ।

निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेका उपहारको विवरण नबुझाएको रांझाको आरोप थियो । सोही उजुरीको आधारमा प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले ५ वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो ।

आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही समेत सुरु हुन सक्ने जनाइएको छ । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष समेत रहेका उनी अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए ।


४ कात्तिक २०७९, शुक्रवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु