punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्लाहीको सहकारी सेवा केन्द्रका कर्मचारीमाथि गोली हान्ने ४ जना पक्राउ

Chaupati
safha napa

सर्लाहीको बागमती नगरपालिका -१ मिलन चोकस्थित सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट गर्न कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गर्ने चार जना पक्राउ परेका छन् ।

सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालय जनकपुरको इन्सपेक्टर उमाशंकर प्रसाद साह नेतृत्वको टोलीले गोली प्रहार गरेको घटनामा संलग्न चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन् ।

प्रहरीका अनुसार भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी पक्राउ परेका छन् ।

बुधवार विहान करिब साढे १० बजे सहकारीको सेवा केन्द्रमा लुटपाट गर्ने उदेश्यले कर्मचारी कार्कीमाथि चार गोली प्रहार गरिएको थियो । कार्कीको अवस्था गम्भीर छ । उनको उपचार जिल्लामा सम्भव नभएपछि काठमाडौं लगिएको छ ।

 


३ कात्तिक २०७९, बिहीवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु