punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाउन्न विद्यालय भवन बन्ने

Chaupati
safha napa

डडेल्धुरामा यस आर्थिक वर्षमा ५२ वटा विद्यालय भवन बन्ने भएका छन् । सामाजिक विकास कार्यालय डडेल्धुराअन्तर्गत विभिन्न विद्यालयमा चार र दुईकोठे गरेर ५२ वटा भवन निर्माण गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० मा वर्षको बजेट र योजनाबारे सो कार्यालयले आइतबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ४० लाख रुपियाँका दरले ११ वटा चारकोठे र २१ लाख रुपियाँका दरले ४१ वटा दुईकोठे भवन निर्माण गरिनेछन् । यस्तै २० लाख रुपियाँमा एउटा दुईकोठे भवन निर्माण गरिने सो कार्यालयका प्रमुख प्रयागराज जोशीले जानकारी दिए।

चालू आर्थिक वर्षमा कार्यालयको कुल बजेट २३ करोड ३८ लाख रुपियाँ छ । कुल बजेटको १९ करोड ६२ लाख रुपियाँ पुँजीगत छ । कभर्ड हल निर्माणका लागि थप ५० लाख रकम कार्यालयलाई प्राप्त भएको जनाइएको छ ।

शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुद र भाषा तथा संस्कृति गरेर चारवटा क्षेत्रमा काम गर्ने कार्यालयले चालू आर्थिक वर्षमा २० लाख रकम लागतमा एउटा पुस्तकालय भवन, सात लाख रकमका दरले पाँचवटा र १० लाख रकमको एउटा शौचालय निर्माण, १५ लाखका दरले १३ वटा सामुदायिक भवन, १० लाखका दरले नौवटा खेल मैदान÷घेरबार, १५ लाख रकममा एउटा पुस्तकालय सभाहल निर्माण, पाँच लाखका दरले ५० वटा खेल मैदान घेरबार÷मर्मत, सात लाखको फर्निचर खरिद र पाँच लाखका दरले सातवटा आईसीटी स्थापना गरिने कार्यालयका इन्जिनियर जीवन ठगुन्नाले जानकारी दिए ।

यस्तै सो कार्यालयले सामाजिक विकासतर्फ विभिन्न शीर्षकमा एक करोड ६० लाख ५५ हजार रुपियाँ विनियोजना गरेको छ । भवन निर्माणका लागि विद्यालयसँग सम्झौता भइसकेको इन्जिनियर ठगुन्नाले जानकारी दिए ।


१ कात्तिक २०७९, मंगलवार १४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु