अछाममा खोलाले बगाउँदा एक महिला बेपत्ता

अछाममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर- ९ अन्तर्गत पर्ने तापिरवा खोलाले बगाउँदा एक जना महिला बेपत्ता भएकी हुन् ।

बेपत्ता हुनेमा मंगलसेन नगरपालिका वडा नम्बर ११ गिटिखौला निवासी धनबहादुर रावलकी ४४ वर्षीया श्रीमती सरस्वती रावल रहेकी छन् । बयलपाटाबाट घर फर्केन क्रममा आज दिउँसो उनलाई खोलाले बगाएको बताइएको छ ।

नेपाल प्रहरी, स्थानीयको टोलिले कैलाशखोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर रावलको खोजी कार्य जारी राखेको छ ।


२१ असोज २०७९, शुक्रवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु