वर्षाका कारण भजनीका विभिन्न बस्ती डुबानमा
लगातारको वर्षाका कारण कैलालीका बिभीन्न क्षेत्र डुवानमा परेका छन् । वर्षाका कारण भजनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका-२ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरूमा करिब १२५ घरधुरीमा डुबानमा परेका छन्।
त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करिब ४० घरधुरी डुबानमा परेका हुन्। यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिविर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ।
वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ। डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरू पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ।
२१ असोज २०७९, शुक्रवार १६:५० बजे प्रकाशित













