punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गादेवीको पूजाआराधना

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको नवौं दिन महानवमीमा नवदुर्गादेवीको पूजा आराधाना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणासहित टीका लगाएर नवदुर्गादेवीको पूजा आराधना गरेकी हुन् ।यसैक्रममा उनले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् । कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्न पनि आग्रह गरेकी थिइन् ।

पूजाआराधानाका क्रममा ‘रातो टीका निधारमा‘’ र ‘फेरि कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए । यो वर्षको दशैंको टीकाको साइत बुधबार बिहान ११ः ५१ मा रहेको छ ।


१८ असोज २०७९, मंगलवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु