punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी बजारमा छैन ब्यापार, दसैंको किनमेलले भारतीय बजारमा भ्याइनभ्याइ

Chaupati
safha napa

नेपालीहरुको चाडपर्व सुरु भएसंगै  किनमेलका लागि उनीहरु भारतीय बजारमा जाने गरेका छन् । कैलालीबाट नजिकै रहेका भारतीय बजार बनगाँउ, तिकुनीया, कजरीया पलिया, सुडा तथा बनबाँसामा किनमेलका लागि नेपालीहरु पुग्ने गरेका हुन् । धनगढी बजार भन्दा केही सस्तोमा सामान पाइने भन्दै उपभोक्ता भारतीय बजारसम्म पुग्ने गरेको बताउँछन् । चाडपर्व सुरु भएसँगै थुप्रै नेपालीहरू नजिकै रहेको भारतीय बजारमा जाने गरेका हुन् । गौरीफन्टानाका हुँदै उनीहरू भारतीयबजारमा खाद्यान्न, दाल, चिनी देखि लत्ताकपडा किन्न जाने गरेका हुन् ।

भारतीय बजारमा कैलाली र कञ्चनपुरबाट मात्रै नभएर सस्तो सामान पाउने भन्दै सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नेपालीहरू भारतीय बजार सम्म जाने गरेका छन् । धनगढी १२ जुगेडाकी पार्वती बराइलीले केही सामान सस्तो पाइने भएपछि दसैंको समान किन्न वनगाउँ बजार आएको बताइन् । नेपालभन्दा भारतीय बजारमा सामान सस्तो पाइने भएकाले उतै जाने गरेको उनी बताउँछिन् । ‘चिनी, दाल, कपडा धनगढी बजारको भन्दा केही सस्तो पाइन्छ’, उनले भनिन् ।
चाडपर्व आएपछि वनगाउँ बजारसम्म पुग्ने गरेको उनको भनाइ छ । धनगढी उपमहानगरपालिका ७ की शर्मीला चौधरीले पनि दसैंमा बच्चाहरूका लागि तथा घरपरिवारको लागि लुगा किन्न बनगाउ बजार गएको बताइन् । ‘धनगढीमा एक हजार पर्ने सुटलाई चार, पाँच सय सम्म दिन्छन्’, उनले भनिन् । सस्तो कपडा पाइने भएपछि साथीहरूसँग वनगाउँ बजार आएको उनले बताइन् । धनगढी बजारमै सस्तोमा सामान पाइने भइदिए दुःख गरेर भारतीय बजार सम्म पुग्नु नपर्ने उनको भनाइ छ । दसैंमा मात्र होइन तिहार, छठ तथा विवाह भोजका लागि सामान किन्नु पर्ने भएमा धेरै नेपालीहरू भारतीय बजारमा जाने गरेका छन् ।

‘केही रुपैयाँ सस्तो सामान पाउने भन्दै नेपालीहरू भारतीय बजार जान्छन् । तर गुणस्तरमा ध्यान दिँदैनन’, किराना व्यवसायी संघ कैलालीका अध्यक्ष लक्षमण राज पन्तले बताए । ‘हामीले भन्सार कर तिरेर सामान ल्याउने हुँदा केही महङ्गो हुन्छ, तर ग्राहकलाई मार पर्ने गरी महङ्गो हुँदैन,’ उनले भने । अखाद्य बस्तुहरु नेपालीहरुले उपभोग गर्न बाध्य हुने गरेको उनको भनाई छ । चिनी मात्रै केही सस्तोमा पाइने भएपनि अन्य बस्तुको मुल्यमा खासै फरक नरहेको उनले बताए । नेपालीहरुको कराडौं रुपैँया भारतीय बजारमा जाने गरेको उनको भनाई छ ।
‘नेपालमा पाइने सामान गुणस्तरीय हुने गरेको भएपनि तर नबुझेरै धेरै नेपालीहरू सस्तो पाउने भरमा भारतीय बजार सम्म पुग्ने गरेका छन्,’ अध्यक्ष पन्तले भने । केही सामान नेपाली बजारमा महङ्गो हुने गरेको भएपनि तर गुणस्तरीय हुने गरेको उनले बताए ।

चाडपर्व तथा कुनै भोज भतेरमा नेपालीहरु सस्तो पाउँने आशामा भारतीय बजार पुग्ने गरेका छन् । केही साना व्यापारीहरूले पनि फलफूल तथा तरकारीहरू भारतबाट ल्याउने गरेका छन् । यसरी भारतबाट आउने सामानमा गुणस्तरीय भने नहुने कैलाली उद्योग वाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए । उनले खाद्यान्न तथा अन्य सामानहरूमा गुणस्तीयता भने नहुने बताए ।
‘धनगढी बजार छोडेर भारतीय बजार जाँदा नेपाली बजारमा पनि असर पर्छ’, उनले भने । यसका लागि भन्सार कार्यालय कैलालीले पनि कडाइ गर्नुपर्छ । भारतीय बजारमा नेपाली उपभोक्ता जाने गरेमा यसले नेपालको अर्थतन्त्रलाई पनि असर पर्ने उनको भनाई छ ।

 


१५ असोज २०७९, शनिवार २०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु