punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा चाडपर्व लक्षित वडा प्रहरीले गर्‍यो सुरक्षा योजना लागु

Chaupati
safha napa

धनगढीमा वडा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । आउँदै गरेको विजया दशमी–छठ पर्वलाई लक्षित गरी समाजमा कुनै किसिमका समस्याहरू हुन नदिन सो योजना लागु गरेको हो ।

चाडपर्व नजिकिए सँगै नाकाबाट धेरै जसो नेपाली छोरीचेलीहरु बेचिने,लुटिने गरेका देखिन्छ । यस्ता किसिमका अपराधहरू हुन नदिन प्रहरीको प्रमुख भूमिका रहने शान्ति पुन स्थापना गृहकी प्रमुख पुष्पा जोशीले बताइन ।

उनले भनिन भारतबाट नेपालीहरू घर फर्कँदा नाकामा लुटिने त्यति मात्र नभएर नेपालीबाट नै नेपाली ठगिने गरेको देखिन्छ यस्ता किसिमका समस्याहरूलाई समाधान गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको प्रमुख जोशीले बताइन ।

चाडपर्वसँगै समाजमा अनेक किसिमका समस्याहरू देखिने गरेको हुँदा समस्या न्यूनीकरणका लागि विशेष सुरक्षा योजना लागु गरेको प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताए । उनले भने धनगढीका प्रत्येक चोक–चोकमा प्रहरीहरू खटाई सुरक्षा दिने र सबै धनगढी बासीले निर्धक्क साथ पर्व मनाउन अनुरोध गरेको बताए ।


१५ असोज २०७९, शनिवार १४:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु