कञ्चनपुरमा दसैंमा मदिरा निषेध
कञ्चनपुरमा दसैँ र तिहारलाई लक्ष्य गरी मदिरा बेचबिखन र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले १८ गते महानवमीको साँझ ७ बजेदेखि विजया दशमी ९टीका० को राति १२ बजेसम्म मदिरा बेचबिखन र सेवनमा रोक लगाउने निर्णय गरेको हो।
यस्तै, कात्तिक ९ गते साँझ ७ बजेदेखि अर्को दिन अर्थात् भाइटीकाको राति १२ बजेसम्म पनि मदिरा बेचबिखनमा पूर्ण रोक लगाउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।
१५ असोज २०७९, शनिवार १०:४२ बजे प्रकाशित






























