punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा स्कारपियो, मोटरसाइकल र साईकल ठोक्किदा चार जना घाइते

Chaupati
safha napa

धनगढीमा स्कारपियो, मोटरसाइकल र साईकल आपसमा ठोक्किएपछि दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चटकपुरबाट शिवनगरतर्फ गइरहेको से १ च २०६९ नम्बरको स्कारपियोले सुपप्र ०१००९प ९६७२ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ गइरहेको साईकललाई ठक्कर दिएको थियो।

ठक्कर दिने उक्त स्कारपियो धनगढीकै २९ वर्षीय रमेश डगौरा चलाइरहेका थिए यस्तै मोटरसाइकल ३२ वर्षीय खेम बहादुर राईले चलाइरहेका थिए।स्कारपियोले सडक छेउबाट गइरहेका ५४ वर्षीेय साईकलयात्री पदमराज पनेरुलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।

उक्त दुर्घटनामा परेर ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । घाइते हुनेमा मोटरसाइकल चालक, मोटरसाइकलमा पछाडी सवार चालककी श्रीमती, पछाडी सवार उनीहरुकी छोरी र साईकलयात्री रहेका छन्।

डिएसपी जोशीकाअनुसार मोटरसाइकल चालकको खुट्टामा चोट लागेको छ। यस्तै मोटरसाइकलमा पछाडी सवार चालककी श्रीमती पुष्पा राईको टाउको र हातखुट्टामा चोट लागेको छ। ११ वर्षकी छोरी रेविकालाई पनि चोट लागेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको उपचार धनगढीको निसर्ग अस्पतालमा भइरहेको छ । चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।


१३ असोज २०७९, बिहीवार २१:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु