punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोमा परेर दार्चुलाको नौगाडमा एक जनाको मृत्यु

Chaupati
safha napa

शुक्रबार रातिदेखि अविरल बर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिका-१ सल्लामा खसेको पहिरोमा परेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी १३/१४ वर्षीय मदे ठगुन्ना मृत्यु भएको मृतकका काका भरत ठगुन्नाले जानकारी दिए।

मृतक मदेको शव पुरिएको अवस्थामा फेला परेको उनले बताए। शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ।

यस्तै पहिरोमा परेर सोही ठाउँकी अन्दाजी ३० वर्षीया किमडी ठगुन्ना बेपत्ता भएकी बताइएको छ। पहिरोले ७/८ ओटा घर पुरेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ। लगातारको बर्षाले उद्धार कार्यमा समेत कठिनाइ भएको स्थानीयले बताएका छन्।अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको छ।

 


२५ भदौ २०७९, शनिवार ०९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु