punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुटवलको होटलमा एक जोडी मृत अवस्थामा फेला

Chaupati
safha napa

बुटवल उपमहानगरपालिका वडा नं २ फूलबारीचोकमा रहेको कारिकोट होटलमा एक जोडी मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार धादिङ्गको कुमपुर-५ ठेगाना भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर-ठेगाना स्पष्ट नखुलेकी पुष्पा नामले बोलाइले अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।

पुरुषको शव होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा र महिलाको शव बिस्तरामा रगताम्य अवस्थामा भेटिएको छ ।
प्रहरीका अनुसार ती महिला डेढ महिनाअघि नेपालगन्ज घरबाट दाङ जान्छु भनेर हिँडेपछि हराएको हुनसक्ने अनुमान छ ।

इप्रका बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले अनुसार तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।


३१ साउन २०७९, मंगलवार ११:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु