punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको पाटन नगरपालिका आजदेखि सिल

Chaupati
safha napa

बैतडी,असार ८ । बैतडीको पाटन नगरपालिका आजदेखि सिल गरिएको छ । कोरोना महामारी नियन्त्रणको लागि भन्दै हिजो बसेको नगरपालिकाको कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै नगरपालिकाले बजारक्षेत्रहरु पाटन, खोडपे, ठाँड मानिकाखान, लगायतका सबै बजार क्षेत्र आजदेखि आगामी सोमबार सम्म १ हप्ताका लागि सिल गर्ने निर्णय गरिएको पाटन नगरपालिकाका प्रबक्ता एवम वडा नं ९ का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

कोरोनाका बिरामीहरु थप फैलिन सक्ने भएकाले बजार क्षेत्रमा हुने भिडाड पुर्ण रुपमा रोकी नियन्त्रणको प्रयास गरिएको नगर प्रमुख केशव बहादुर चन्दले जानकारी दिएका छन ।

पाटन नगरपालिकामा अहिले सम्म ८ जना संक्रमित भेटिएका छन्। उनीहरु मध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकीलाई आइसोलेसनमा राखेर उपचार भईरहेको छ।


८ असार २०७७, सोमवार ०४:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु