चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
चितवनको भरतपुर महानगरपालिका वडा नं। २९ मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
बुधबार राति मुग्लिन-नारायणगढ सडकखण्डस्थित जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९९५५ नम्बरको ट्रकले अन्दाजी २४/२५ वर्षका नाम, थर, वतन नखुलेका पैदलयात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२६ साउन २०७९, बिहीवार १०:१० बजे प्रकाशित































