एमालेले बोलायो सचिवालय बैठक
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मध्याह्न १२ बजे एमाले सचिवालयको बैठक बस्न लागेको हो ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तोक्ने बताइएको छ । यसबाहेक आजको बैठकमा समसामयिक राजनीतिक विषयमा समेत पनि छलफल हुनेछ ।
२६ साउन २०७९, बिहीवार ११:४३ बजे प्रकाशित































