punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनमा भेटियो नयाँ भाइरस !

Chaupati
safha napa

कोरोना भाइरसको महामारी जारी नै रहेको बेला चीनमा नयाँ भाइरस भेटिएको छ । जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको हो । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको छ ।

पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपा भाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ ।

संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । यो संक्रमणबाट अहिलेसम्म चीनम ३५ जना संक्रमित भएको जनाइएको छ ।


२५ साउन २०७९, बुधवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु