punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना

Chaupati
safha napa

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बुधबार पहाडी भूभागका केही र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । पर्सि बिहीबार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहँदा देशभरको मौसममा बदली भइरहेको छ।


२४ साउन २०७९, मंगलवार ०८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु