भारतमा कोरोना संक्रमितको संख्या चार लाख नाघ्यो
काठमाडौँ, ७ असार । भारतमा कोरोना भाइरसका कारण शनिबारमात्रै ३०७ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाका कारण हालसम्म भारतमा १३ हजार २७७ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।
त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार शनिबारमात्रै १५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
भारतमा हालसम्म ४ लाख ११ हजारभन्दा बढी संक्रमित रहेका छन् ।
त्यस्तै २ लाख २८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।
७ असार २०७७, आइतवार ०२:२५ बजे प्रकाशित






























