punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकलको लेगगार्ड भित्र लुकाई लागू औषध कारोबार

Chaupati
safha napa

कञ्चनपुरबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखा स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा म १ प ३९७८ नम्बरको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने २४ वर्षीय दीपेन्द्र सिंह बिष्ट र सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय विशाल थापालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

शनिबार अपराह्न इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी वरिष्ठ हवल्दार दीपक चन्द ठकुरीको कमाण्डमा खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उनीहरूको साथबाट १८.४९ ग्राम लागू औषध (खैरो हेरोइन) फेला पारी बरामद गरेको बताइएको छ । उनीहरूले मोटरसाइकलको लेग गार्डको बायाँ पट्टी प्वाल भित्र सेतो प्लाष्टिकको थैलीमा लुकाई छिपाई गरी राखेको अवस्थामा तीन ओटा पोकामा लागू औषध (खैरो हेरोइन) ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए । यसैबिच, उक्त लागू औषध (खैरो हेरोइन) ओसारपसार गर्ने व्यक्तिहरूलाई रुपैयाँ दिई आफू खरिद गर्न आउने क्रममा शुक्लाफाँटाकै कलुवापुर बस्ने भुवन ऐरलाई लालझाडी ६ चान्देवबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।


२२ साउन २०७९, आइतवार ०८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु