punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विकासका लागि सबै एकजुट हुनुपर्छ: मन्त्री बडू

Chaupati
safha napa

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लि।शाखा कार्यालयको शनिबार उद्घाटन गर्नुहुँदै माननीय मन्त्रीज्यूले आफ्नो जिल्ला र देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए । उनले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको बताए ।

२०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनिको शाखा कार्यालय पुनस् सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको बताउनुहुँदै मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारिकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले साविक ५ स्थानमा डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको जानकारी दिए ।

यसैगरी उनले दार्चुला र भारतलाई जोड्न महाकाली नदिमा मोटरेबल पुल बनाउन टेन्डर आह्वान भइसकेको र महाकाली करिडोर निर्माणका लागि नेपाली सेनाले आवश्यक काम गरिरहेकोले यी दुबै काम सम्पन्न भएमा दार्चुला र यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह गरे ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनिका सञ्चालक समिति सदस्य श्याम भट्ट, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, महाकाली नगर प्रमुख नर सिंह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, नेपाली काँग्रेसका जिल्ला सभापति ललित सिंह बोहरा, नेकपा(एमाले) का अध्यक्ष प्रेम सिंह धामी, नेकपा(माओवादी केन्द्र) का अध्यक्ष खडक धामीलगायतको उपस्थित रहेको थियो भने वक्ताहरुले २०६३ सालदेखि बन्दरहेको शाखा कार्यालय पुनःसञ्चालन गर्न पहल गर्नुभएकोमा मन्त्री बडूलाई धन्यवाद दिएका थिए ।


२१ साउन २०७९, शनिवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु