punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ काे भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ ।बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो ।

छोटो समयको म्याद राखेर भर्ना खुलाउँदा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासो आएको बोर्डले जनाएको छ । बोर्डले भर्ना खुलाउँदा कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी साउन मसान्तसम्मको व्यवस्था मिलाउन पनि विद्यालय तथा क्याम्पसलाई अनुरोध गरेको छ ।

साथै सबै पालिकाबाट त्यसैअनुसार समन्वय र सहजीकरण गर्न समेत सूचित गरेको छ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल गएको साउन ११ गते प्रकाशित भएको थियो ।


१८ साउन २०७९, बुधवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु