punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिहारमा चट्याङ लागेर २६ जनाको मृत्यु

Chaupati
safha napa

पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी २६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका सरकारी सञ्चारमाध्यम अल इन्डिया रेडियोले जनाएको छ। मङ्गलबार देशका आठ जिल्लामा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले जनजीवन प्रभावित भएको थियो। चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गरिरहेका किसान छन्।

कैमुरमा सबैभन्दा बढी नौ जनाको मृत्यु भएको छ भने भोजपुर, पटना, जेहानाबाद, रोहतश, औरङगाबाद, अरवाल र सिवान जिल्लामा १७ जनाको मृत्यु भएको समाचार रेडियोले प्रसारण गरेको छ। आगामी ४८ घण्टामा भारतका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्। मुख्यमन्त्रीले मृतकका परिवारजनलाई चार लाख दिने घोषणा गरेका विहार राज्य सरकारका प्रवक्ताले बताएका छन्।

 


१२ साउन २०७९, बिहीवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु