कञ्चनपुरमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–२ की ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालझाडी–२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

पीडित परिवारले  बलात्कार भएको भनी प्रहरीलाई जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।

 


११ साउन २०७९, बुधवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु