बलात्कारको आरोप लागेका मेलौलीका वडाध्यक्ष कारागार चलान

बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । २८ वर्षीया महिलालाई गत १५ चैतमा बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगी १४ असारमा पक्राउ परेका थिए ।

दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनीहरूविरुद्ध जबर्जस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो । पीडित महिला परिवारकै संरक्षण रहेकी छन् ।

नेगी ३० वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।


१० साउन २०७९, मंगलवार १५:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु