punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आत्महत्या गरेका अर्का पुरुषमा कोरोना पुष्टि

Chaupati
safha napa

बाजुरा,असार ४ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ।

बुधवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। बडिमालिका नगरपालिका २ माझिगाउँका ४५ बर्षिय पुरुषले जेठ ३० गते बेलुका क्वारेन्टिनमा आत्महत्या गरेका थिए।

उनी जेठ २८ गते मात्र भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए। उनले के कति कारणले आत्महत्या गरेको भन्ने कुनै जानकारी हुन सकेको छैन। डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीसंगै बसेका मान्छेले फेला पारेका थिए।

उनी विगत २४ वर्षदेखि भारत बस्दै आएका र उनीसँगै श्रीमतीसहित ४ छोराछोरी नेपाल आएका थिए। उनकी श्रीमतीसहित छोराछोरी अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन्।


४ असार २०७७, बिहीवार १३:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु